Friday, 5 February 2010

बेलायती फुटबल क्लबमा नेपाली मालिक


काठमाडौ, माघ २२ -
नेपाली मूलका व्यवसायी बलराम चाइनराई बिहीबार बेलायती फुटबल क्लब 'पोर्टसमाउथ' को नयाँ मालिक बनेका छन् । हङकङमा व्यवसाय गरिरहेका उनले बेलायती पासपोर्ट लिएका छन् ।

बेलायतको पहिलो श्रेणीको फुटबल क्लबको मालिक बन्ने उनी नेपाली मूलका पहिलो हुन् । साउदी अरेबियाका अली अल फराजबाट बलरामको कम्पनी 'पोर्टपिन' ले एक करोड ७० लाख स्टर्लिङ पाउन्डमा क्लबको ९० प्रतिशत सेयर खरिद गरेको समाचार संस्थाहरूले जनाएका छन् । इङलिस पि्रमियर लिगमा संघर्ष गरिरहेको पोर्टसमाउथको भविष्य आफ्नो लगानीले सुरक्षित पार्ने प्रयास गरेको बलरामको भनाइ एएफपीले उद्धृत गरेको छ

Monday, 25 January 2010

स्यालुट नगरेको भन्दै सभासद्ले हवल्दार कुटे

शेरबहादुर केसी, बुटवल माघ ११- आफूलाई स्यालुट नगरेको भन्दै ड्यूटीमा खटिएका प्रहरी हवल्दारलाई सभासद् ओमप्रकाश यादव गुल्जारीले कुटपिट गरेका छन्। यादव रुपन्देही क्षेत्र नम्बर २ बाट संविधानसभाको चुनावमा मधेशी जनअधिकार फोरमबाट निर्वाचित भएका हुन्। उनले प्रहरी हवल्दारको कठालो समातेर लात्तीले हानेका थिए। गाउँमा रहेका मठ–मन्दिर र मस्जिदको विवरण सङ्कलन गरेर सीमावर्ती गाउँ तिलकपुरको एउटा चिया पसलमा चिया पिउँदै गरेका हवल्दार प्रकाश गुप्तालाई आफ्ना सहयोगीलाई बोलाउन लगाएर अश्लील शब्द प्रयोग गर्दै कुटपिट गरेको मर्यादपुर प्रहरी चौकीले जनाएको छ।

‘तैंले मलाई चिन्दैनस्, यो कोट र लोगो देखेको छैनस् भन्दै मलाई लात्तीले हान्नुभयो'- हवल्दार गुप्ताले नागरिकसित भने। उनले सभासद् यादवलाई आफूले अपमान गरेको नभई नचिनेकाले 'स्यालुट' नगरेको बताए। ‘मैले के गल्ती गरेको छु र तपाईंले मलाई हातपात गर्नुहुन्छ भन्दाभन्दै उहाँले कठालो समात्न छाड्नु भएन्', हवल्दार गुप्ताले भने- मलाई कुटपिट गरे पनि सभासद्सँग प्रतिकार गर्दा नेपाल प्रहरीको बेइज्जत होला भनेर मैले केही गरिन्।

सभासद् यादवले प्रहरी हवल्दारले आफूलाई दुर्व्यवहार गरेको भन्दै तत्काल रुपन्देहीका एसपी छविलाल जोशीलाई टेलिफोन गरी कारबाही गर्न माग गरेका थिए।
सभासद्ले दुर्व्यवहार गरेको भन्दै फोन गरेपछि एसपी जोशीले तत्काल मर्यादपुर चौकीका इन्चार्ज असइ नोखबहादुर थापालाई हवल्दारलाई पक्राउ गरी ल्याउन निर्देशन दिएका थिए। असइको रिपोर्टिङपछि एसपी जोशी पनि आश्चर्यचकित भएका थिए।

बर्दी लगाएर ड्यूटीमा रहेका प्रहरी हवल्दारलाई कुटपिट गरेको घटनाको स्थानीय बासिन्दाले विरोध गरेपछि सभासद् यादव त्यहाँबाट हिँडेका थिए। उनी रुपन्देहीको गोनहा गाविसका बासिन्दा हुन्।

प्रहरी स्रोतका अनुसार घटनाको दुई दिनपछि जिल्ला प्रहरी कार्यालय पुगेका सभासद् यादवले घटनामा जे/जस्तो भए पनि आफ्नो इज्जतका लागि प्रहरी हवल्दार प्रकाश गुप्तालाई मर्यादपुर प्रहरी चौकीबाट सरुवा गरेर कारबाही गर्न एसपी जोशीलाई दबाब दिएका थिए। सभासद्को दबाबले प्रहरी हवल्दारलाई सरुवा गराउन एसपी सहमत भए पनि गाउँलेले कुटाइ खाने प्रहरीको कुनै गल्ती नभएको भन्दै सभासद् यादवलाई कारबाहीको माग गरेका थिए। रुपन्देहीका प्रहरी प्रमुख एसपी छविलाल जोशीले सभासद्ले कमजोरी गरेको पाइएको नागरिकलाई बताए।

प्रहरी हवल्दारलाई आफूले कुटपिट गरेको नभई गाउँले र प्रहरीबीचको विवाद भएको थाहा पाएर त्यहाँ पुगेको दाबी सभासद् यादवले गरे। मधेशी जनअधिकार फोरम रुपन्देहीका अध्यक्ष महेन्द्र यादवले सभासद् यादवले प्रहरीलाई कुटपिट गरेकोबारे आफूले सुनेको तर यसबारे यादवसँग जानकारी लिन नपाएको बताए। ‘सभासद्ले कुटपिट गर्नुभएको हो भने राम्रो होइन्, एकले अर्काको मर्यादा राख्न सक्नुपर्छ'- उनले नागरिकलाई भने।

भारतमा रहेका आफ्ना नातेदारलाई भेटेर फर्कंदै गरेका यादवले सीमावर्ती मर्यादपुर प्रहरी चौकीका हवल्दार गुप्तालाई माघ ६ गते कुटपिट गरेका हुन्। तर ठूला मान्छे भएकाले आफूले यसलाई बाहिर ल्याउन डराएको उनको भनाइ छ।

Monday, 18 January 2010

रमाइलो लुम्बिनी रमझम

Tuesday, 22 December 2009

रमाइलो लुम्बिनी रमझम

रुपन्देहीले कोरिया आमन्त्रित गरेको कलाकारहरु

रुपन्देही सम्पर्क समितिद्धारा २०१० फेब्रुवरी १३ तारिख सनिवार अर्थात कोरियाको महान चाड सल्नालको अवशर पारी दक्षिण कोरियाको राजधानी सिओल स्थित दो쮙््गुक यूनिभसर्िटीमा आयोजनामा गर्ने रमाईलो लुम्बिनी रमझम कार्यक्रममा कलाकार छनौट लगायत सम्पूर्ण तयारी पुराभएको उक्त समितिले जानकारी गराएको छ । समितिका सचिव अशोक कार्कीका अनुसार कार्यक्रममा सहभागिता जनाउँनको लागी नेपालका ७ जना चर्चित कलाकारहरु अनिल िसंह रेश्मा सुनुवार आनन्द कार्की नंदीता केसी बिरेन्द्र अग्रहरी बद्री पंगेनी तथा नारद खतिवडा कोरिया आउँने भएका छन् ।

Tuesday, 1 December 2009

दिनेश शर्मा संग केही गफ


अभिनेता दिनेश शर्मासित दसमा दस।
१. सबैभन्दा मनपर्ने सेलिब्रेटी? सोनिया गान्धी।
२. साथमा कहिल्यै नछुट्ने दुई चिज?पैसा।मोबाइल।
३. अरूलाई थाहा नभएका तीन रहस्य?गीत गाउँछु।डायरी लेख्छु।क्रिकेट खेल्छु।
४. मन परेका चार नेता? राहुल गान्धी।गगन थापा।बाराक ओबामा।बिल क्लिन्टन।
५ फुर्सद बिताउने पाँच तरिका?साथीभाइसँग रमाउने।परिवारसँग घुम्नजाने।टेलिभिजन हेर्ने।केही लेख्ने।गीत सुन्ने।
६. कलाकार बन्न आवश्यक ६ गुण?प्रशिक्षण।आत्मविश्वास।समयको महत्व वुझ्ने।इमान्दार। कडा परिश्रम।अनुशासन।
७. फिल्म क्षेत्रका सात विकृति?एउटा फिल्म हिट भयो भने आफूलाई भयंकर ठान्ने।बेइमानी गर्ने।समयमा काम पूरा नगर्ने।अरुको लहैलहैमा लागेर फिल्म बनाउने।सुरुमा चाकडी गर्ने 'कन्टिन्युटी'मा फसेपछि भाउ खोज्ने।आफ्नो क्षमता विकास नगरी काममा हात हाल्ने।ठूलाठूला सपना देखाएर नयाँ मान्छेलाई फिल्म बनाउन प्रेरित गर्ने।
८. काठमाडौंका राम्रा लाग्ने आठ कुरा?धरहरा।पशुपतिनाथको मन्दिर। रानीपोखरी।सिंहदरबार।सुविधा सम्पन्न अस्पताल।जातीय विभेद छैन। मानिसहरू 'फेमिलियर' छन्।देशभरका मानिससँग भेटघाट हुन्छ।
९. केटीका मनपर्ने नौ गुण?सुशील।इमान्दार।बौद्धिक।व्यवहारिक।समझदार।समयलाई बुझ्ने।गहुँगोरो वर्ण।रेशमी कपाल।गम्भीर स्वभाव।
१०। पैसा खर्च गर्ने दस तरिका?चाहेको सामान किन्ने।देशविदेशको भ्रमण गर्ने।हवाईयात्रा बढी गर्ने।मोबाइलमा धेरै गफ गर्ने।संगीतका उपकरणहरु किन्ने।विभिन्न विद्वानका पुस्तक किन्ने।असहायलाई सहयोग गर्ने।भव्य खर्च गरेर फिल्म बनाउने।मन्दिर बनाउने।सामाजिक कार्य गर्ने।

स्रोत : नागरिक न्यूज़

Thursday, 12 November 2009

बिरेन्द्र अग्रहरी कोरिया आउने


आउदो १३ फेब्रारी २०१० मा रुपन्देही सम्पर्क समिति ले आयोजना गर्न गैराहेको रमाइलो लुम्बिनी रमझम मा बुटवल परिवारको बिषेश अनुरोधमा लोक प्रिय गायक बिरेन्द्र अग्रहरी आउने भएका छन

बिरेन्द्र अग्रहरी बुटवल मा मात्र नभएर लुम्बिनी अन्चल मा नै सुपरिचित छन

बारेमा छाहिएमा हामीलाई butwalfamily@gmail.com मेल गर्नु होला