EPS results published

23 Aug 2011

KATHMANDU, Aug 23: The results of the Korean language test conducted under the EPS system on July 22 and 23 have been published on Tuesday.

A total of 15,298 (13,298 on production and 2,000 agriculture sectors) out of 50,043 aspirants passed the test.

Impressed by dedication to work and discipline, the Korean government has also decided to double the number of quotas for Nepal.

Korea has been sourcing workers under EPS from Nepal, Vietnam, Mongolia, Thailand, China, Sri Lanka, the Philippines, Indonesia, Uzbekistan, Pakistan, Cambodia, Bangladesh, Myanmar, Kyrgyzstan and East Timor.

Nepal and Korea had signed EPS agreement on July 23, 2007. The Korean government had introduced EPS in 2004.
बुटवल परिवार
READ MORE - EPS results published

कोरियाले १५ हजार लैजाने

18 Aug 2011

काठमाडौ, श्रावण ३२ -
दुई साताअघि मात्रै वाषिर्क १० हजारलाई रोजगारको अवसर दिने जनाएको कोरिया सरकारले फेरि अर्को निर्णय गर्दैर् १५ हजार नेपाली युवालाई आपनो देशमा अवसर दिने भएको छ । नयाँ व्यवस्थाअनुसार २०१२ मा हालभन्दा दोब्बर युवाले कोरियामा रोजगारीको अवसर पाउने छन् । कोरियाले भाषा परीक्षा लिँदा ७ हजार १ सय कामदार लैजाने बताएको थियो ।

कोरिया सरकारले मुख्यतः नेपालीको इमान्दारी र काम गर्ने क्ष्ामताका कारण रोजगार अनुमति प्रणाली -इपिएस) अन्तर्गत कोरिया लैजाने नेपाली कामदारको कोटा बढाएको श्रम मन्त्रालयलाई जानकारी गराएको हो ।

'साउनमा लिएको भाषा परीक्षाबाट १५ हजारलाई छनोट गरी लैजाने भएको छ,' श्रम मन्त्रालयका सहप्रवक्ता कृष्णहरिपुष्कर कर्णले भने, 'श्रम मन्त्रालयको सक्रियताको कारण नेपाली युवाका लागि आकर्षक गन्तव्य बनेको कोरियाले पुनः कोटा बढाएको हो ।'

कोरियाले नेपालको श्रम स्वीकृतिको व्यवस्था पनि राम्रो भएको बताएको छ । यस्तै अहिले कोरियामा काम गरिरहेका नेपालीबाट रोजगारदाता कम्पनी खुसी भएको र नेपालीको काम राम्रो भएकाले पनि कोटा वृद्धि गरिएको जनाएको छ । साउन ६ र ७ गते लिएको भाषा परीक्षामा उसले कामदार लैजाने अन्य मुलुकको तुलनामा राम्रो र पारदर्शी भएकाले पनि कोटा बढाएको जानकारी नेपाल सरकारलाई गराएको छ । यस्तै श्रम मन्त्रालयका अधिकारी र एचआरडी कोरियाका प्रतिनिधिबीचको सम्बन्ध नजिक भएकाले पनि कोटा वृद्धिमा सहयोग पुगेको कर्णले बताए ।

यसरी कोरियाले नेपालीका लागि कोटा वृद्धि गरेपछि साउनमा भाषा परीक्षामा सामेल भएकाले थप अवसर पाउने भएका छन् । त्यसबेला भाषा परीक्षा दिएका ५० हजारबाट सबैभन्दा बढी अंक ल्याएर पास भएका युवा कोरिया जान पाउनेछन् । तर ४० प्रतिशतभन्दा कम अंक ल्याउने भने १५ हजार नपुगे पनि पास भएकालाई मात्र सहभागी गराइने कर्णले बताए ।

'धेरै युवाहरूको चाहना र कमाइ पनि आकर्षक भएकाले हामीले सुरुदेखि नै कोटा बढाउने कामलाई प्राथमिकता दिँदै आएका छौं,' उनले भने, 'यसमा मन्त्रालय सफल भएको छ ।'

सन् २००८ मा इपिएसअन्तर्गत कोरियाले नेपाली कामदार लैजाने सम्झौता गरेपछि लगातार नेपाली कामदारको माग बढिरहेको छ । अघिल्लो वर्ष कोरियाले कामदार लैजाने १५ मुलुकमध्ये सबैभन्दा बढी नेपालबाट गएका थिए । गत वर्ष ५ हजार लैजाने गरी रोस्टर तयार गरी कामदार लगिरहेको छ । लगातार बढेको मागको कारण कोरियाले अझै बढी कामदार लैजाने भएको हो ।

भाषा परीक्षाको नतिजा भदौ ६ गते निकाल्ने कोरियाको तयारी छ । भाषा परीक्षा पास भएका व्यक्तिले स्वास्थ्य परीक्षा, प्रहरी प्रतिवेदन तयार गर्नुपर्ने छ । त्यसपछि उनीहरूले नेपालमा रहेको इपिएस शाखामा फारम भरेपछि उनीहरूका नामको रोस्टर तयार हुन्छ । त्यही रोस्टरलाई कोरियाले आपनो देशका रोजगारदाता कम्पनीमा पठाउँछ । त्यसबाट कम्पनीहरूले छनोट गरी नेपाली कामदार

लैजाने गर्छन् ।
बुटवल परिवार
READ MORE - कोरियाले १५ हजार लैजाने

विस्फोटक भित्रिन नदिन ँडग वाच’


भैरहवा , श्रावण ३२ -
हतियार र विस्फोटक पदार्थ भित्रिन नदिन सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले नेपाल-भारतबीच अत्यधिक रूपमा आवागमन हुने सुनौली बेलहिया सीमा नाकामा 'कुकुर खानतलासी अभियान' सञ्चालन गरेको छ ।

उक्त नाका हुँदै नेपाल प्रवेश गर्ने शंकास्पद व्यक्ति र भारतबाट सामान लिएर यता आउने यात्रुमा तालिमप्राप्त कुकुरले सुँघेर खानतलासी गर्ने गर्छन् । हातहतियार र विस्फोटक पदार्थ भित्र्याएर कुनै पनि आपराधिक गतिविधि हुन नदिन पूर्वसजगता अपनाउँदै यो अभियान मंगलबारदेखि गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा रूपन्देहीका उपरीक्षक उत्तम थनेतले बताए ।

उनका अनुसार तालिमप्राप्त चार कुकुरको माध्यमबाट सुनौली-बेलहियाबाहेक जिल्लाका अन्य सीमा नाकामा पनि आवश्यकताअनुरूप अभियान चलाइनेछ । भदौ १४ गतेको सम्भावित राजनीतिक उतारचढावको मौका छोपी कुनै घटना हुन नदिन यस्तो अभियान चलाएको हो ।

'कुनै पनि हतियार, विस्फोटक पदार्थ र लागूऔषध भित्रिन नदिन डग सर्च अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिएको छ,' थनेतले भने, यस अभियानबाट आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई पनि मनोवैज्ञानिक त्रास पैदा हुने गरेको छ । धेरै आवागमन हुने स्थल, हाटबजार लगायतका धेरै भीड हुने स्थल र विभिन्न सीमा नाकामा अकस्मात् अभियान सञ्चालन गर्ने गरिएको छ ।

केही वर्षदेखि तराईका विभिन्न भूमिगत सशस्त्र समूह र अन्य अपराधीले भारतबाट लुकाएर हतियार र विस्फोटक पदार्थ भित्र्याई व्यक्ति हत्यालगायत घटना घटाउँदै आएका छन् ।

सुनौली-बेलहिया नाकाबाट ठूलो परिमाणमा विभिन्न खालका लागूऔषध भित्रिने गरेको छ । उक्त अभियानअन्तर्गत खुट्टामा पट्टी बाँधी बाहिरबाट पाइन्टले छोपेर

भारतबाट लागूऔषध भित्र्याउने गरेका नवलपरासी अमरापुरी घर बताउने मेघराज जैसी बुधबार पक्राउ परेका छन् ।

बुटवल परिवार
READ MORE - विस्फोटक भित्रिन नदिन ँडग वाच’

कोरियाले थप ३ हजार लैजाने

4 Aug 2011

काठमाडौ, श्रावण १८ -
दक्षिण कोरियाले आगामी वर्ष रोजगार अनुमति प्रणाली -इपिएस) मार्फत १० हजार नेपाली कामदार लैजाने भएको छ । कोरियाली रोजगारदाता नेपाली कामदारका कामबाट सन्तुष्ट भएकाले ३ हजार बढाएर १० हजार नेपाली लैजाने भएको हो ।

यसअघि सन् २०१२ मा कोरियाले ७ हजार १ सय कामदार लैजाने बताए पनि श्रम मन्त्रालयको पहल र नेपाली कामदारको लोकपि्रयताले गर्दा थप २ हजार ९ सय कामदार लैजाने भएको हो । यसले कोरिया जान लागेको भीडमा केही थप नेपाली युवालाई काम गर्ने अवसर मिल्ने छ ।

श्रम मन्त्रालयका सहप्रवक्ता कृष्णहरिपुष्कर कर्णले मन्त्रालयले कोटा बढाउन गरेको प्रयास सफल भएको बताए । 'कोरियाको यसअघि घोषणा गरेको भन्दा झन्डै ३ हजार कोटा थप गर्ने जनाएको छ,' उनले भने, 'यसले थप नेपाली कोरिया जाने भएका छन् ।'

कोरियाले साउन ७ र ८ गते दिएको भाषा परीक्षामा सामेल भएकामध्ये १० हजार नेपाली युवा जाने भएका हुन् । त्यसबेला भएको भाषा परीक्षामा ५० हजार युवा सहभागी थिए । कोटा वृद्धि भए पनि कोरियाले भाषा परीक्षामा सामेल भएकामध्ये सबैभन्दा बढी अंक ल्याउने १० हजारलाई उत्तीर्ण गराउने छ ।

सन् २००८ मा इपिएसअन्तर्गत कोरियाले नेपाली कामदार लैजाने सम्झौता गरेपछि लगातार नेपाली कामदारको माग बढिरहेको छ ।

अघिल्लो वर्ष कोरियाले कामदार लैजाने १५ मुलुकमध्ये सबैभन्दा बढी नेपालबाट गएका थिए । कोरियाले बर्सेनि नेपाली कामदारको कोटा वृद्धि गरिरहेको छ ।

साउनको पहिलो साता भएको भाषा परीक्षाको नतिजा साउन २७ गते निकाल्ने कोरियाको तयारी छ । भाषा परीक्षा उत्तीण्र्ा व्यक्तिले स्वास्थ्य परीक्षा र प्रहरी प्रतिवेदन तयार गर्नुपर्ने छ । त्यसपछि उनीहरूले नेपालमा रहेको इपिएस शाखामा फारम भरेपछि उनीहरूको नामको रोस्टर तयार हुन्छ । त्यही रोस्टरलाई कोरियाले आपmनो देशका रोजगारदाता कम्पनीमा पठाउँछ । त्यसबाट कम्पनीहरूले छनोट गरी नेपाली कामदार लैजाने गर्छन् ।

कोरियामा रहेका नेपालीले मासिक ६० हजारभन्दा माथि आम्दानी गर्छन् । हालै कोरिया सरकारले सन् २०१२ बाट मासिक न्यूनतम तलबमा ४ हजार रुपैयाँ बढाउने निर्णय गरेपछि नेपालीहरूले कम्तीमा पनि ६५ हजार रुपैयाँ आम्दानी गर्ने भएका हुन् । यस्तै कोरियाले विदेशी कामदारलाई सुरुमा तीन वर्षको अनुमति दिने र थप दुई वर्ष बस्न पनि सहजै सक्ने कानुनी व्यवस्था केही दिन अगाडि गरेको छ । यसले इपिएसअन्तर्गत गएका नेपालीहरू पनि पाँच वर्ष कोरिया बस्न सक्ने भएका छन् ।
अर्काे छनोट भदौ अन्तिममा
काठमाडौ -कास)- नेपाली कामदारबाट सन्तुष्ट देखिएको कोरियाले सन् २०१२ का लागि भाषा परीक्षा लिएको एक महिना नबित्दै अर्को चरणमा कामदार छनोट प्रक्रियासमेत सुरु गर्ने भएको छ ।

नेपालीहरूको तीव्र इच्छा र श्रम मन्त्रालयले खेलेको महत्त्वपूर्ण भूमिकाका कारण कोरियाले यही भदौको अन्त वा असोजको सुरुमा अर्को चरणमा नेपाली कामदार लैजानका लागि छनोट प्रक्रिया सुरु गर्ने जनाएको हो ।

'कोरियाले अर्को चरणका लागि भदौको अन्तिम साता वा असोजको पहिलो साताबाट पुनः छनोट प्रक्रिया सुरु गर्ने जनाएको छ,' श्रममन्त्री मोहम्मद इस्तियाक राईले भने, 'त्यसबेला भाषा परीक्षाका लागि आवेदन संकलनको काम गर्ने सोच कोरियाको छ ।' अहिले निश्चित मिति तय नभए पनि अर्को चरणको छनोट प्रक्रिया असोजसम्ममा सुरु गर्ने आश्वासन कोरियाबाट पाएको बताए । अब भाषा परीक्षाका फारम संकलन राजधानी र बुटवलबाहेक मुलुकको पूर्वी भेगबाट पनि गरिने उनले जानकारी दिए । 'सुरुमा काठमाडौंमा मात्र रहेको फारम संकलनको व्यवस्था यसअघि बुटवलमा पनि गरेका थियौं,' उनले भने, 'अब पूर्वी भेगबाट पनि गर्ने सोच बनाएका छौं ।' उनले त्यसअन्तर्गत १० हजारभन्दा बढी कामदार लैजाने आश्वासन पाए पनि कति संख्या भने निश्चित नभएको उनले बताए ।
READ MORE - कोरियाले थप ३ हजार लैजाने

कोरिया जान युवाको लर्को

3 May 2011


काठमाडौं, वैशाख २०-
मलेसिया र खाडी मुलुकहरुमा भन्दा राम्रो तलब सुविधा पाइने भएकाले दक्षिण कोरिया जान नेपाली युवाको भीड लागेको छ। इपिएस प्रणालीबाट कोरिया जान हजारौं जना युवाले भाषा परीक्षाका लागि सोमबार आवेदन फारम भरेका छन्। यसको लिखित परीक्षा आगामी साउन ६ र ७ मा हुनेछ।


यसअघि भाषा परीक्षाका लागि फारम भर्ने युवाको भीडका कारण राजधानीको यातायात अस्तव्यस्त भएको थियो। यो समस्या दोहोरिन नदिन सरकारले यस वर्ष राजधानीका विभिन्न ठाउँबाट फारम भर्ने व्यवस्था मिलाएको छ। राजधानी बाहिरका विभिन्न सहरहरुमा पनि यस्तो व्यवस्था गरिएको छ। सरकारले फारम भर्न ४ दिन समय दिएको छ।

मुलुकमा राम्रो रोजगारीको सम्भावना नदेखेपछि हजारौंको संख्यामा युवाहरु वैदेशिक रोजगारीमा जान खोजेका हुन्। नेपाली सजिलै जानसक्ने खाडी मुलुकहरु र मलेसियाका तुलनामा कोरियाको तलव सुविधा धेरै भएकाले यसतर्फ युवाको आकर्षण बढेको हो।

कोरियाले आफ्नो मुलुकमा मागअनुसार कामदार नपाएपछि सन् २००४ बाट नेपाललगायत १५ विदेशी मुलुकहरुबाट कामदार लिन थालेको हो। कोरियाली सरकारले कोरियाली भाषा जानेको व्यक्तिलाई मात्र कामदारका रुपमा लिने व्यवस्था गरेकाले यहाँ जान चाहने कामदारले भाषा परीक्षा अनिवार्य रुपमा पास गर्नुपर्छ।

कोरियाले खासगरी माछा पालन, निर्माण, औद्योगिक उत्पादन, कृषि र सर्भिस क्षेत्रमा नेपाली कामदार लैजाने गरेको छ।

भाषा परीक्षा दिएका कामदारहरुको कपी जाँच्ने र उत्तिर्ण भएकाहरुको सूची बनाउने काम कोरियाको मानव संसाधन विकास विभागले गर्दै आएको छ। नेपाल सरकारले यसका लागि सहजकर्ताको भूमिका मात्र निभाउने गरेको छ। यसअघि पहिलो र दोस्रो गरी २ पटक भाषा परीक्षा जाँच लिइएको छ। यसबाट करिव ८ हजार नेपाली युवा कोरिया गइसकेका छन्।

कोरियाले यस वर्ष ७ हजार १ सय नेपाली लैजाँदैछ। कोरियामा गएका नेपालीले त्यहाँको नियम, कानुन र अनुशासन पालना गरे आगामी वर्ष कामदारको संख्या वृद्धि गर्न सकिने इपिएस सेन्टर इन नेपालका निर्देशक योङले बताए। रोजगारदाताले चाहे ३ वर्षका अतिरिक्त थप २२ महिना कोरियामै बस्न सकिनेछ।
READ MORE - कोरिया जान युवाको लर्को

अमेरिकी तेक्वान्दो प्रतियोगितामा नेपाली रेफ्री

19 Feb 2011

काठमाडौं, फागुन ७
अमेरिकाको टेक्सासमा सञ्चालन भइरहेको युएस ओपन तेक्वान्दो प्रतियोगितामा नेपाली रेफ्रीले निर्णायकको भूमिका निर्वाह गरेका छन्। अन्तर्राष्ट्रिय तेक्वान्दो युनियन (इन्टु) का बोर्ड निर्देशक, आइओएफटिसी प्रतियोगिता निर्देशक तथा अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री दिवाकर डान महर्जनले २०११ युएस ओपन तेक्वान्दो प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेका हुन्।
प्रतियोगितामा आधिकारिक अन्तर्राष्ट्रिय रेफ्रीको भूमिका निर्वाह गर्ने महर्जन एकमात्र नेपाली हुन्। यस प्रतियोगितामा लगभग ७५ राष्ट्रका २ हजार खेलाडीको सहभागिता रहेको इन्टुका महासचिव कार्कीले इमेलबाट जानकारी गराएका छन्।

यसअघि महर्जन र अन्तर्राष्ट्रिय रेफ्री शुद्धोदन रन्जितले टेक्सासमै १२ देखि १६ फेब्रुअरीसम्म सञ्चालन भएको ११ औँ अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से रेफ्री सेमिनारमा सहभागिता जनाएका थिए। उक्त सेमिनारमा २२ राष्ट्रका १ सय २० जनाको सहभागिता थियो।
-नागरिक
READ MORE - अमेरिकी तेक्वान्दो प्रतियोगितामा नेपाली रेफ्री

गृह माओवादीलाई दिइन्न :

18 Feb 2011

काठमाडौं, फागुन ६ (नागरिक)-
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय आफ्नो पार्टीले नपाए सरकारमा सहभागी नहुने बताएका छन्। पूर्व मन्त्री तथा एमाले नेता शङ्कर पोखरेलले भने माओवादी लडाकुको समायोजन नभई गृह माओवादीलाई दिँदै नदिने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बोल्दै श्रेष्ठले सात बुँदे सहमतिभित्रै गृह मन्त्रालय माओवादीले पाउने सहमति भएकाले गृह मन्त्रालय नदिए सहमतिको कार्यान्वयन नभएको ठहरिने दाबी गरे। उनले भने- सात बुँदेभित्रै गृह मन्त्रालय माओवादीले पाउने सहमति छ।

गृह माओवादीलाई दिन्न भन्नु सहमति कार्यान्वयन गर्दिन भन्नु हो। यस्तो अवस्थामा माओवादी सरकारमा सहभागी हुने कुरै आउँदैन। उपाध्यक्ष श्रेष्ठले भने- सुरक्षासम्बन्धी मन्त्रालय माओवादीलाई दिन्न हुन्न भन्ने तर्क कुर्तक हो। आफूहरुलाई त्यस्तो तर्क कुनै पनि हालतमा मान्य हुन नसक्ने पनि उनले स्पष्ट पारे।
उनले एमालेको संस्थापन पक्षले सहमति कार्यान्वयनमा प्रयास गरिरहेकाले सहमतिका लागि समय दिन बाहिरै रहेर समर्थन गर्ने निर्णय माओवादीले गरेको भन्दै एमालेले जे गरे पनि माओवादीले समर्थन गरिरहन्छ भन्ने मान्यता ठीक नभएको बताए। त्यस्तो बेलामा आफूहरुले अर्कै निर्णय गर्ने पनि उनले बताए। सरकारको आयु कति हुने र कसरी चल्ने भन्ने कुरा एमालेकै हातमा रहेको भनाइ पनि उनको थियो।
साक्षात्कारमा नेकपा एमालेका सचिव एवम् पूर्व सूचना तथा सन्चार मन्त्री शङ्कर पोख्रेलले भने माओवादी सेनाको समयोजन नभएसम्म गृह मन्त्रालयसहितका सुरक्षासम्बन्धी मन्त्रालय माओवादीलाई दिनै नसक्ने बताए। अहिलेको अवस्थामा एमालेले सिफारिस गरेका विष्णु पौडेल नै गृह मन्त्री हुने ठोकुवा पनि उनले गरे। पार्टीको स्थायी कमिटीले पौडेललाई गृह मन्त्रालयको जिम्मा दिने निर्णय गरेको थियो।। त्यसमा अहिले फेरबदल भएको छैन र हुँदैन पनि- उनले थपे।
READ MORE - गृह माओवादीलाई दिइन्न :