कोरिया जान युवाको लर्को

3 May 2011


काठमाडौं, वैशाख २०-
मलेसिया र खाडी मुलुकहरुमा भन्दा राम्रो तलब सुविधा पाइने भएकाले दक्षिण कोरिया जान नेपाली युवाको भीड लागेको छ। इपिएस प्रणालीबाट कोरिया जान हजारौं जना युवाले भाषा परीक्षाका लागि सोमबार आवेदन फारम भरेका छन्। यसको लिखित परीक्षा आगामी साउन ६ र ७ मा हुनेछ।


यसअघि भाषा परीक्षाका लागि फारम भर्ने युवाको भीडका कारण राजधानीको यातायात अस्तव्यस्त भएको थियो। यो समस्या दोहोरिन नदिन सरकारले यस वर्ष राजधानीका विभिन्न ठाउँबाट फारम भर्ने व्यवस्था मिलाएको छ। राजधानी बाहिरका विभिन्न सहरहरुमा पनि यस्तो व्यवस्था गरिएको छ। सरकारले फारम भर्न ४ दिन समय दिएको छ।

मुलुकमा राम्रो रोजगारीको सम्भावना नदेखेपछि हजारौंको संख्यामा युवाहरु वैदेशिक रोजगारीमा जान खोजेका हुन्। नेपाली सजिलै जानसक्ने खाडी मुलुकहरु र मलेसियाका तुलनामा कोरियाको तलव सुविधा धेरै भएकाले यसतर्फ युवाको आकर्षण बढेको हो।

कोरियाले आफ्नो मुलुकमा मागअनुसार कामदार नपाएपछि सन् २००४ बाट नेपाललगायत १५ विदेशी मुलुकहरुबाट कामदार लिन थालेको हो। कोरियाली सरकारले कोरियाली भाषा जानेको व्यक्तिलाई मात्र कामदारका रुपमा लिने व्यवस्था गरेकाले यहाँ जान चाहने कामदारले भाषा परीक्षा अनिवार्य रुपमा पास गर्नुपर्छ।

कोरियाले खासगरी माछा पालन, निर्माण, औद्योगिक उत्पादन, कृषि र सर्भिस क्षेत्रमा नेपाली कामदार लैजाने गरेको छ।

भाषा परीक्षा दिएका कामदारहरुको कपी जाँच्ने र उत्तिर्ण भएकाहरुको सूची बनाउने काम कोरियाको मानव संसाधन विकास विभागले गर्दै आएको छ। नेपाल सरकारले यसका लागि सहजकर्ताको भूमिका मात्र निभाउने गरेको छ। यसअघि पहिलो र दोस्रो गरी २ पटक भाषा परीक्षा जाँच लिइएको छ। यसबाट करिव ८ हजार नेपाली युवा कोरिया गइसकेका छन्।

कोरियाले यस वर्ष ७ हजार १ सय नेपाली लैजाँदैछ। कोरियामा गएका नेपालीले त्यहाँको नियम, कानुन र अनुशासन पालना गरे आगामी वर्ष कामदारको संख्या वृद्धि गर्न सकिने इपिएस सेन्टर इन नेपालका निर्देशक योङले बताए। रोजगारदाताले चाहे ३ वर्षका अतिरिक्त थप २२ महिना कोरियामै बस्न सकिनेछ।

3 comments:

Unknown said...

ramailo lumbini man paryo

house in kathmandu


Unknown said...

nice information

Anonymous said...

I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.

Post a Comment