EPS results published

23 Aug 2011

KATHMANDU, Aug 23: The results of the Korean language test conducted under the EPS system on July 22 and 23 have been published on Tuesday.

A total of 15,298 (13,298 on production and 2,000 agriculture sectors) out of 50,043 aspirants passed the test.

Impressed by dedication to work and discipline, the Korean government has also decided to double the number of quotas for Nepal.

Korea has been sourcing workers under EPS from Nepal, Vietnam, Mongolia, Thailand, China, Sri Lanka, the Philippines, Indonesia, Uzbekistan, Pakistan, Cambodia, Bangladesh, Myanmar, Kyrgyzstan and East Timor.

Nepal and Korea had signed EPS agreement on July 23, 2007. The Korean government had introduced EPS in 2004.
बुटवल परिवार
READ MORE - EPS results published

कोरियाले १५ हजार लैजाने

18 Aug 2011

काठमाडौ, श्रावण ३२ -
दुई साताअघि मात्रै वाषिर्क १० हजारलाई रोजगारको अवसर दिने जनाएको कोरिया सरकारले फेरि अर्को निर्णय गर्दैर् १५ हजार नेपाली युवालाई आपनो देशमा अवसर दिने भएको छ । नयाँ व्यवस्थाअनुसार २०१२ मा हालभन्दा दोब्बर युवाले कोरियामा रोजगारीको अवसर पाउने छन् । कोरियाले भाषा परीक्षा लिँदा ७ हजार १ सय कामदार लैजाने बताएको थियो ।

कोरिया सरकारले मुख्यतः नेपालीको इमान्दारी र काम गर्ने क्ष्ामताका कारण रोजगार अनुमति प्रणाली -इपिएस) अन्तर्गत कोरिया लैजाने नेपाली कामदारको कोटा बढाएको श्रम मन्त्रालयलाई जानकारी गराएको हो ।

'साउनमा लिएको भाषा परीक्षाबाट १५ हजारलाई छनोट गरी लैजाने भएको छ,' श्रम मन्त्रालयका सहप्रवक्ता कृष्णहरिपुष्कर कर्णले भने, 'श्रम मन्त्रालयको सक्रियताको कारण नेपाली युवाका लागि आकर्षक गन्तव्य बनेको कोरियाले पुनः कोटा बढाएको हो ।'

कोरियाले नेपालको श्रम स्वीकृतिको व्यवस्था पनि राम्रो भएको बताएको छ । यस्तै अहिले कोरियामा काम गरिरहेका नेपालीबाट रोजगारदाता कम्पनी खुसी भएको र नेपालीको काम राम्रो भएकाले पनि कोटा वृद्धि गरिएको जनाएको छ । साउन ६ र ७ गते लिएको भाषा परीक्षामा उसले कामदार लैजाने अन्य मुलुकको तुलनामा राम्रो र पारदर्शी भएकाले पनि कोटा बढाएको जानकारी नेपाल सरकारलाई गराएको छ । यस्तै श्रम मन्त्रालयका अधिकारी र एचआरडी कोरियाका प्रतिनिधिबीचको सम्बन्ध नजिक भएकाले पनि कोटा वृद्धिमा सहयोग पुगेको कर्णले बताए ।

यसरी कोरियाले नेपालीका लागि कोटा वृद्धि गरेपछि साउनमा भाषा परीक्षामा सामेल भएकाले थप अवसर पाउने भएका छन् । त्यसबेला भाषा परीक्षा दिएका ५० हजारबाट सबैभन्दा बढी अंक ल्याएर पास भएका युवा कोरिया जान पाउनेछन् । तर ४० प्रतिशतभन्दा कम अंक ल्याउने भने १५ हजार नपुगे पनि पास भएकालाई मात्र सहभागी गराइने कर्णले बताए ।

'धेरै युवाहरूको चाहना र कमाइ पनि आकर्षक भएकाले हामीले सुरुदेखि नै कोटा बढाउने कामलाई प्राथमिकता दिँदै आएका छौं,' उनले भने, 'यसमा मन्त्रालय सफल भएको छ ।'

सन् २००८ मा इपिएसअन्तर्गत कोरियाले नेपाली कामदार लैजाने सम्झौता गरेपछि लगातार नेपाली कामदारको माग बढिरहेको छ । अघिल्लो वर्ष कोरियाले कामदार लैजाने १५ मुलुकमध्ये सबैभन्दा बढी नेपालबाट गएका थिए । गत वर्ष ५ हजार लैजाने गरी रोस्टर तयार गरी कामदार लगिरहेको छ । लगातार बढेको मागको कारण कोरियाले अझै बढी कामदार लैजाने भएको हो ।

भाषा परीक्षाको नतिजा भदौ ६ गते निकाल्ने कोरियाको तयारी छ । भाषा परीक्षा पास भएका व्यक्तिले स्वास्थ्य परीक्षा, प्रहरी प्रतिवेदन तयार गर्नुपर्ने छ । त्यसपछि उनीहरूले नेपालमा रहेको इपिएस शाखामा फारम भरेपछि उनीहरूका नामको रोस्टर तयार हुन्छ । त्यही रोस्टरलाई कोरियाले आपनो देशका रोजगारदाता कम्पनीमा पठाउँछ । त्यसबाट कम्पनीहरूले छनोट गरी नेपाली कामदार

लैजाने गर्छन् ।
बुटवल परिवार
READ MORE - कोरियाले १५ हजार लैजाने

विस्फोटक भित्रिन नदिन ँडग वाच’


भैरहवा , श्रावण ३२ -
हतियार र विस्फोटक पदार्थ भित्रिन नदिन सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले नेपाल-भारतबीच अत्यधिक रूपमा आवागमन हुने सुनौली बेलहिया सीमा नाकामा 'कुकुर खानतलासी अभियान' सञ्चालन गरेको छ ।

उक्त नाका हुँदै नेपाल प्रवेश गर्ने शंकास्पद व्यक्ति र भारतबाट सामान लिएर यता आउने यात्रुमा तालिमप्राप्त कुकुरले सुँघेर खानतलासी गर्ने गर्छन् । हातहतियार र विस्फोटक पदार्थ भित्र्याएर कुनै पनि आपराधिक गतिविधि हुन नदिन पूर्वसजगता अपनाउँदै यो अभियान मंगलबारदेखि गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा रूपन्देहीका उपरीक्षक उत्तम थनेतले बताए ।

उनका अनुसार तालिमप्राप्त चार कुकुरको माध्यमबाट सुनौली-बेलहियाबाहेक जिल्लाका अन्य सीमा नाकामा पनि आवश्यकताअनुरूप अभियान चलाइनेछ । भदौ १४ गतेको सम्भावित राजनीतिक उतारचढावको मौका छोपी कुनै घटना हुन नदिन यस्तो अभियान चलाएको हो ।

'कुनै पनि हतियार, विस्फोटक पदार्थ र लागूऔषध भित्रिन नदिन डग सर्च अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिएको छ,' थनेतले भने, यस अभियानबाट आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई पनि मनोवैज्ञानिक त्रास पैदा हुने गरेको छ । धेरै आवागमन हुने स्थल, हाटबजार लगायतका धेरै भीड हुने स्थल र विभिन्न सीमा नाकामा अकस्मात् अभियान सञ्चालन गर्ने गरिएको छ ।

केही वर्षदेखि तराईका विभिन्न भूमिगत सशस्त्र समूह र अन्य अपराधीले भारतबाट लुकाएर हतियार र विस्फोटक पदार्थ भित्र्याई व्यक्ति हत्यालगायत घटना घटाउँदै आएका छन् ।

सुनौली-बेलहिया नाकाबाट ठूलो परिमाणमा विभिन्न खालका लागूऔषध भित्रिने गरेको छ । उक्त अभियानअन्तर्गत खुट्टामा पट्टी बाँधी बाहिरबाट पाइन्टले छोपेर

भारतबाट लागूऔषध भित्र्याउने गरेका नवलपरासी अमरापुरी घर बताउने मेघराज जैसी बुधबार पक्राउ परेका छन् ।

बुटवल परिवार
READ MORE - विस्फोटक भित्रिन नदिन ँडग वाच’

कोरियाले थप ३ हजार लैजाने

4 Aug 2011

काठमाडौ, श्रावण १८ -
दक्षिण कोरियाले आगामी वर्ष रोजगार अनुमति प्रणाली -इपिएस) मार्फत १० हजार नेपाली कामदार लैजाने भएको छ । कोरियाली रोजगारदाता नेपाली कामदारका कामबाट सन्तुष्ट भएकाले ३ हजार बढाएर १० हजार नेपाली लैजाने भएको हो ।

यसअघि सन् २०१२ मा कोरियाले ७ हजार १ सय कामदार लैजाने बताए पनि श्रम मन्त्रालयको पहल र नेपाली कामदारको लोकपि्रयताले गर्दा थप २ हजार ९ सय कामदार लैजाने भएको हो । यसले कोरिया जान लागेको भीडमा केही थप नेपाली युवालाई काम गर्ने अवसर मिल्ने छ ।

श्रम मन्त्रालयका सहप्रवक्ता कृष्णहरिपुष्कर कर्णले मन्त्रालयले कोटा बढाउन गरेको प्रयास सफल भएको बताए । 'कोरियाको यसअघि घोषणा गरेको भन्दा झन्डै ३ हजार कोटा थप गर्ने जनाएको छ,' उनले भने, 'यसले थप नेपाली कोरिया जाने भएका छन् ।'

कोरियाले साउन ७ र ८ गते दिएको भाषा परीक्षामा सामेल भएकामध्ये १० हजार नेपाली युवा जाने भएका हुन् । त्यसबेला भएको भाषा परीक्षामा ५० हजार युवा सहभागी थिए । कोटा वृद्धि भए पनि कोरियाले भाषा परीक्षामा सामेल भएकामध्ये सबैभन्दा बढी अंक ल्याउने १० हजारलाई उत्तीर्ण गराउने छ ।

सन् २००८ मा इपिएसअन्तर्गत कोरियाले नेपाली कामदार लैजाने सम्झौता गरेपछि लगातार नेपाली कामदारको माग बढिरहेको छ ।

अघिल्लो वर्ष कोरियाले कामदार लैजाने १५ मुलुकमध्ये सबैभन्दा बढी नेपालबाट गएका थिए । कोरियाले बर्सेनि नेपाली कामदारको कोटा वृद्धि गरिरहेको छ ।

साउनको पहिलो साता भएको भाषा परीक्षाको नतिजा साउन २७ गते निकाल्ने कोरियाको तयारी छ । भाषा परीक्षा उत्तीण्र्ा व्यक्तिले स्वास्थ्य परीक्षा र प्रहरी प्रतिवेदन तयार गर्नुपर्ने छ । त्यसपछि उनीहरूले नेपालमा रहेको इपिएस शाखामा फारम भरेपछि उनीहरूको नामको रोस्टर तयार हुन्छ । त्यही रोस्टरलाई कोरियाले आपmनो देशका रोजगारदाता कम्पनीमा पठाउँछ । त्यसबाट कम्पनीहरूले छनोट गरी नेपाली कामदार लैजाने गर्छन् ।

कोरियामा रहेका नेपालीले मासिक ६० हजारभन्दा माथि आम्दानी गर्छन् । हालै कोरिया सरकारले सन् २०१२ बाट मासिक न्यूनतम तलबमा ४ हजार रुपैयाँ बढाउने निर्णय गरेपछि नेपालीहरूले कम्तीमा पनि ६५ हजार रुपैयाँ आम्दानी गर्ने भएका हुन् । यस्तै कोरियाले विदेशी कामदारलाई सुरुमा तीन वर्षको अनुमति दिने र थप दुई वर्ष बस्न पनि सहजै सक्ने कानुनी व्यवस्था केही दिन अगाडि गरेको छ । यसले इपिएसअन्तर्गत गएका नेपालीहरू पनि पाँच वर्ष कोरिया बस्न सक्ने भएका छन् ।
अर्काे छनोट भदौ अन्तिममा
काठमाडौ -कास)- नेपाली कामदारबाट सन्तुष्ट देखिएको कोरियाले सन् २०१२ का लागि भाषा परीक्षा लिएको एक महिना नबित्दै अर्को चरणमा कामदार छनोट प्रक्रियासमेत सुरु गर्ने भएको छ ।

नेपालीहरूको तीव्र इच्छा र श्रम मन्त्रालयले खेलेको महत्त्वपूर्ण भूमिकाका कारण कोरियाले यही भदौको अन्त वा असोजको सुरुमा अर्को चरणमा नेपाली कामदार लैजानका लागि छनोट प्रक्रिया सुरु गर्ने जनाएको हो ।

'कोरियाले अर्को चरणका लागि भदौको अन्तिम साता वा असोजको पहिलो साताबाट पुनः छनोट प्रक्रिया सुरु गर्ने जनाएको छ,' श्रममन्त्री मोहम्मद इस्तियाक राईले भने, 'त्यसबेला भाषा परीक्षाका लागि आवेदन संकलनको काम गर्ने सोच कोरियाको छ ।' अहिले निश्चित मिति तय नभए पनि अर्को चरणको छनोट प्रक्रिया असोजसम्ममा सुरु गर्ने आश्वासन कोरियाबाट पाएको बताए । अब भाषा परीक्षाका फारम संकलन राजधानी र बुटवलबाहेक मुलुकको पूर्वी भेगबाट पनि गरिने उनले जानकारी दिए । 'सुरुमा काठमाडौंमा मात्र रहेको फारम संकलनको व्यवस्था यसअघि बुटवलमा पनि गरेका थियौं,' उनले भने, 'अब पूर्वी भेगबाट पनि गर्ने सोच बनाएका छौं ।' उनले त्यसअन्तर्गत १० हजारभन्दा बढी कामदार लैजाने आश्वासन पाए पनि कति संख्या भने निश्चित नभएको उनले बताए ।
READ MORE - कोरियाले थप ३ हजार लैजाने

कोरिया जान युवाको लर्को

3 May 2011


काठमाडौं, वैशाख २०-
मलेसिया र खाडी मुलुकहरुमा भन्दा राम्रो तलब सुविधा पाइने भएकाले दक्षिण कोरिया जान नेपाली युवाको भीड लागेको छ। इपिएस प्रणालीबाट कोरिया जान हजारौं जना युवाले भाषा परीक्षाका लागि सोमबार आवेदन फारम भरेका छन्। यसको लिखित परीक्षा आगामी साउन ६ र ७ मा हुनेछ।


यसअघि भाषा परीक्षाका लागि फारम भर्ने युवाको भीडका कारण राजधानीको यातायात अस्तव्यस्त भएको थियो। यो समस्या दोहोरिन नदिन सरकारले यस वर्ष राजधानीका विभिन्न ठाउँबाट फारम भर्ने व्यवस्था मिलाएको छ। राजधानी बाहिरका विभिन्न सहरहरुमा पनि यस्तो व्यवस्था गरिएको छ। सरकारले फारम भर्न ४ दिन समय दिएको छ।

मुलुकमा राम्रो रोजगारीको सम्भावना नदेखेपछि हजारौंको संख्यामा युवाहरु वैदेशिक रोजगारीमा जान खोजेका हुन्। नेपाली सजिलै जानसक्ने खाडी मुलुकहरु र मलेसियाका तुलनामा कोरियाको तलव सुविधा धेरै भएकाले यसतर्फ युवाको आकर्षण बढेको हो।

कोरियाले आफ्नो मुलुकमा मागअनुसार कामदार नपाएपछि सन् २००४ बाट नेपाललगायत १५ विदेशी मुलुकहरुबाट कामदार लिन थालेको हो। कोरियाली सरकारले कोरियाली भाषा जानेको व्यक्तिलाई मात्र कामदारका रुपमा लिने व्यवस्था गरेकाले यहाँ जान चाहने कामदारले भाषा परीक्षा अनिवार्य रुपमा पास गर्नुपर्छ।

कोरियाले खासगरी माछा पालन, निर्माण, औद्योगिक उत्पादन, कृषि र सर्भिस क्षेत्रमा नेपाली कामदार लैजाने गरेको छ।

भाषा परीक्षा दिएका कामदारहरुको कपी जाँच्ने र उत्तिर्ण भएकाहरुको सूची बनाउने काम कोरियाको मानव संसाधन विकास विभागले गर्दै आएको छ। नेपाल सरकारले यसका लागि सहजकर्ताको भूमिका मात्र निभाउने गरेको छ। यसअघि पहिलो र दोस्रो गरी २ पटक भाषा परीक्षा जाँच लिइएको छ। यसबाट करिव ८ हजार नेपाली युवा कोरिया गइसकेका छन्।

कोरियाले यस वर्ष ७ हजार १ सय नेपाली लैजाँदैछ। कोरियामा गएका नेपालीले त्यहाँको नियम, कानुन र अनुशासन पालना गरे आगामी वर्ष कामदारको संख्या वृद्धि गर्न सकिने इपिएस सेन्टर इन नेपालका निर्देशक योङले बताए। रोजगारदाताले चाहे ३ वर्षका अतिरिक्त थप २२ महिना कोरियामै बस्न सकिनेछ।
READ MORE - कोरिया जान युवाको लर्को

अमेरिकी तेक्वान्दो प्रतियोगितामा नेपाली रेफ्री

19 Feb 2011

काठमाडौं, फागुन ७
अमेरिकाको टेक्सासमा सञ्चालन भइरहेको युएस ओपन तेक्वान्दो प्रतियोगितामा नेपाली रेफ्रीले निर्णायकको भूमिका निर्वाह गरेका छन्। अन्तर्राष्ट्रिय तेक्वान्दो युनियन (इन्टु) का बोर्ड निर्देशक, आइओएफटिसी प्रतियोगिता निर्देशक तथा अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री दिवाकर डान महर्जनले २०११ युएस ओपन तेक्वान्दो प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेका हुन्।
प्रतियोगितामा आधिकारिक अन्तर्राष्ट्रिय रेफ्रीको भूमिका निर्वाह गर्ने महर्जन एकमात्र नेपाली हुन्। यस प्रतियोगितामा लगभग ७५ राष्ट्रका २ हजार खेलाडीको सहभागिता रहेको इन्टुका महासचिव कार्कीले इमेलबाट जानकारी गराएका छन्।

यसअघि महर्जन र अन्तर्राष्ट्रिय रेफ्री शुद्धोदन रन्जितले टेक्सासमै १२ देखि १६ फेब्रुअरीसम्म सञ्चालन भएको ११ औँ अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से रेफ्री सेमिनारमा सहभागिता जनाएका थिए। उक्त सेमिनारमा २२ राष्ट्रका १ सय २० जनाको सहभागिता थियो।
-नागरिक
READ MORE - अमेरिकी तेक्वान्दो प्रतियोगितामा नेपाली रेफ्री

गृह माओवादीलाई दिइन्न :

18 Feb 2011

काठमाडौं, फागुन ६ (नागरिक)-
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गृह मन्त्रालय आफ्नो पार्टीले नपाए सरकारमा सहभागी नहुने बताएका छन्। पूर्व मन्त्री तथा एमाले नेता शङ्कर पोखरेलले भने माओवादी लडाकुको समायोजन नभई गृह माओवादीलाई दिँदै नदिने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बोल्दै श्रेष्ठले सात बुँदे सहमतिभित्रै गृह मन्त्रालय माओवादीले पाउने सहमति भएकाले गृह मन्त्रालय नदिए सहमतिको कार्यान्वयन नभएको ठहरिने दाबी गरे। उनले भने- सात बुँदेभित्रै गृह मन्त्रालय माओवादीले पाउने सहमति छ।

गृह माओवादीलाई दिन्न भन्नु सहमति कार्यान्वयन गर्दिन भन्नु हो। यस्तो अवस्थामा माओवादी सरकारमा सहभागी हुने कुरै आउँदैन। उपाध्यक्ष श्रेष्ठले भने- सुरक्षासम्बन्धी मन्त्रालय माओवादीलाई दिन्न हुन्न भन्ने तर्क कुर्तक हो। आफूहरुलाई त्यस्तो तर्क कुनै पनि हालतमा मान्य हुन नसक्ने पनि उनले स्पष्ट पारे।
उनले एमालेको संस्थापन पक्षले सहमति कार्यान्वयनमा प्रयास गरिरहेकाले सहमतिका लागि समय दिन बाहिरै रहेर समर्थन गर्ने निर्णय माओवादीले गरेको भन्दै एमालेले जे गरे पनि माओवादीले समर्थन गरिरहन्छ भन्ने मान्यता ठीक नभएको बताए। त्यस्तो बेलामा आफूहरुले अर्कै निर्णय गर्ने पनि उनले बताए। सरकारको आयु कति हुने र कसरी चल्ने भन्ने कुरा एमालेकै हातमा रहेको भनाइ पनि उनको थियो।
साक्षात्कारमा नेकपा एमालेका सचिव एवम् पूर्व सूचना तथा सन्चार मन्त्री शङ्कर पोख्रेलले भने माओवादी सेनाको समयोजन नभएसम्म गृह मन्त्रालयसहितका सुरक्षासम्बन्धी मन्त्रालय माओवादीलाई दिनै नसक्ने बताए। अहिलेको अवस्थामा एमालेले सिफारिस गरेका विष्णु पौडेल नै गृह मन्त्री हुने ठोकुवा पनि उनले गरे। पार्टीको स्थायी कमिटीले पौडेललाई गृह मन्त्रालयको जिम्मा दिने निर्णय गरेको थियो।। त्यसमा अहिले फेरबदल भएको छैन र हुँदैन पनि- उनले थपे।
READ MORE - गृह माओवादीलाई दिइन्न :

आफ्नै गल्तीको जिम्मा लिन्नन् बैंक

सुदर्शन सापकोटा, काठमाडौं, फागुन ३-
खाता खोल्नु पूर्व भर्नुपर्ने फर्ममा बैंक कर्मचारीले गलत अंक चढाएमा यसबाट ग्राहकलाई पर्ने नोक्सानीको लागि बैंक जिम्मेवार हुने छैन भन्ने वाक्य हुन्छ।
बैंक तथा वित्तीय संस्थामा रहेको आफ्नो खातामा तपाईंले एक लाख रुपैयाँ जम्मा गर्नुभयो। तर, बैंकका कर्मचारीले शून्य कम गरेर १० हजारमात्रै खातामा चढाए भने तपाईंको बाँकी ९० हजार गुम्छ। यसको जिम्मेवारी बैंकले लिँदैन।

पैसा राख्ने सबैभन्दा सुरक्षित ठाउँ बैंकमा पनि यस्तो हुन्न होला भन्ने तपाईंलाई लाग्न सक्छ। तर, तपाईंले बैंकमा पैसा जम्मा गर्न खाता खोल्नु अघि भर्नुपर्ने फर्ममा यस्तै व्यहोराका सर्त हुन्छन्। प्रायः सबैजसो सर्वसाधारणले यस्ता सर्त नपढी हस्ताक्षर गरी खाता खोल्छन्।

वाणिज्य बैंक तथा वित्तीय संस्थाले खाता खोल्नु पूर्व भर्नुपर्ने फर्ममा बैंक कर्मचारीले गलत अंक चढाएमा यसबाट ग्राहकलाई पर्ने नोक्सानीको लागि बैंक जिम्मेवार हुने छैन भन्ने वाक्य हुन्छ। सबै बैंक तथा वित्तीय संस्थाले यही वाक्य भएको फर्म प्रयोगमा ल्याइरहेका छन्।

बैंक तथा वित्तीय संस्थाले कम्पनीलाई अपुग भए जुनसुकै किसिमले असुल गर्ने तर, ग्राहकका हकमा भने बैंक जिम्मेवार नहुने फर्ममा हस्ताक्षर गराउँछन्।

अधिकांश बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्ने फर्मको नमुना 'बैंकले इन्ट्रीहरु सही ढंगले खातामा होस् भन्नका लागि पूरा सावधानी अपनाउने छ। तर, यसो हुँदाहुँदै पनि गलत इन्ट्री हुन गएमा त्यसको बदलामा सही इन्ट्री गर्ने तथा बैंकलाई अपुग हुन गएको कुनै पनि रकम असुल उपर गर्ने अधिकार बैंकमा निहित रहनेछ। यस किसिमको गलत इन्ट्रीहरुबाट ग्राहकलाई पर्ने नोक्सानीको लागि बैंक जिम्मेवार हुने छैन,' लेखिएको हुन्छ।

केही संस्थाको फर्ममा 'खाता सन्तोषजनक ढंगबाट सञ्चालन भइरहेको छैन भन्ने बैंकलाई लागेमा वा अन्य जुनसुकै कारणबाट पूर्वसूचना बिना कुनै खाता बन्द गर्ने अधिकार बैंकसँग सुरक्षित रहनेछ र यसो गर्नुको कारणबारे ग्राहकलाई बताइरहन बैंक बाध्य हुने छैन,' भन्ने लेखिएको हुन्छ।

यी दुई खाले फर्मको नमुनामा बैंक तथा वित्तीय संस्थाले भाषागत केही परिवर्तन गरे पनि आसय भने उही नै छ। केही दिनअघि खाता खोल्नका लागि मेगा बैंक पुगेका गणेश पराजुली फर्मको व्यहोरा हेरेपछि त्यसै फर्किए। 'फर्म भर्दा ज्यादै नै गैरजिम्मेवार सर्त देखेपछि म खाता नखोली फर्किएँ,' मेगा बैंकका संस्थापक सेयरधनीसमेत रहेका उनले भने, 'यसबारेमा मैले बैंकको विभागीय प्रमुखसँग कुरा गरें। उनले गल्ती महशुस गर्दै बुँदा सच्याउने बताए।'

हिमालयन हेन्डीक्राफ्टका प्रबन्ध निर्देशक पराजुलीलाई बैंकबाट फर्किएको एक सातापछि त्यहाँका कर्मचारीले खाता खोल्नसमेत बोलाए। 'मलाई बोलाएपछि सर्तहरु परिवर्तन गरेको भनेर सोधें,' उनले भने, 'तत्काल परिवर्तन गर्न नसकिने उत्तर आएपछि म खाता खोल्नै गएको छैन।'

बैंकरहरु भने फर्मको सर्त त्यस्तो भए पनि व्यावहारिक रुपमा बैंक जवाफदेही हुने बताउँछन्। 'पुरानो फर्म सवैले प्रयोग गरेकाले त्यस्तो भएको हो,' एक बैंकका प्रमुख कार्यकारी अधिकृतले नाम उल्लेख नगर्ने सर्तमा नागरिकसँग भने, 'निक्षेपकर्ताको सुरक्षा नै बैंकहरुको पहिलो कर्तव्य भएकाले व्यावहारिक रुपमा बैंक जवाफदेही हुने छ।'
READ MORE - आफ्नै गल्तीको जिम्मा लिन्नन् बैंक

बेसारअचम्मको मसला


डा. जीवन प्रसाई

के तपाईँ घुंडा-जोर्नी दुख्‍ने रोगबाट पीडित हुनुहुन्छ? तपाईँलाई रुघा-खोकीले कतिको सताउँछ आज-भोलि? यसको औषधी तपाईकै घरको चुल्हो वरिपरी छ। बेसार, जसलाई अंग्रेजीमा turmeric नामबाट चिनिन्छ। बेसार हाम्रो समाजमा यति प्रसिद्ध छ कि हाम्रो आँखाले बेसार बिनाको तरकारी वा अचार हेर्न रुचाउँदैन। यसको प्रयोग हाम्रो समाजमा वा अन्य एसियन मुलुकमा करिब २००० वर्ष अघिबाट सुरु भएको अनुमान गरिन्छ। यसले शरीरलाई गर्मी प्रदान गर्ने अनि कफ र पीतबाट बचाउने आयुर्वेदको ठहर छ। त्यसैले हामी रुघा-खोकी हुँदा विशेष गरी जाडो याममा १-२ चम्चा बेसार दूधसँग खाने गर्दछौँ। यसले रगत सफा गर्ने अनि छाला सम्बन्धी रोगको निदान गर्ने विश्वास गरिन्छ। बेसारमा सूक्ष्म-जीवाणु मार्ने (anti-bacterial) विशेष पदार्थ भएकाले नै यसलाई विभिन्न खाद्य पदार्थहरु रंगाउने काममा प्रयोग भएको हुनु पर्दछ। यसरी यसले खाद्य-पदार्थलाई ताजा बनाई राख्दछ। अर्को तर्फ, यो एउटा प्राकृतिक विष-निरोधक (de-toxifier) पनि हो, जसले पीत्तको उत्पादन बढाई विषादी पदार्थलाई शरीरबाट निस्कासन गर्न मदत गर्दछ।

प्रश्न उठ्छ, हामी भोजनको माध्यमबाट नियमित बढीमा कति बेसार ग्रहण गर्दछौ त? हामीहरुले प्रतिदिन विभिन्न माध्यमबाट (मसला वा औषधीको रुपमा) करिब २-२.५ ग्राम सम्म बेसार लिने विश्वास गरिन्छ ।त्यसैले दिनहुँ १-२ चम्चा बेसार दूध वा पानीसँग लिन संकोच मान्नु पर्दैन। यसमा कुनै विषादी असर हुँदैन। बरु बेसारको गुणस्तर चाहीँ पहिचान गर्नु पर्दछ। तितो भएकाले पत्याउन गाह्रो पर्ला, तर यसको उपयोगितालाई बुझेर नै आज भोलि बेसारमा रहेको कर्कुमिन (curcumin) मिसिएका पेय पदार्थ (nutritional beverage) पश्चिमी बजारमा प्रशस्त पाइन्छन्। यसको प्रसिद्धी पश्चिमी मुलुकमा दिनानुदिन बढ्दै गएको पाइन्छ। एक रिपोर्ट अनुसार अमेरिकामा मात्र करिब २४०० मेट्रिक टन बेसार प्रति वर्ष आयात गरिन्छ, जुन अनुसन्धान अनि ब्यापारीक प्रयोगका लागि खपत हुन्छ।

के छ यस्तो बेसारमा ?
बेसार स्वादमा तितो हुन्छ, तर यसको उपयोगिता हाम्रो स्वस्थ जीवनका लागि धेरै प्रभावकारी रहन्छ। नाम ‘बेसार’ भए पनि यसभित्र महत्वपूर्ण ‘सार’ तत्व हुन्छ, जसलाई कर्कुमिन भनिन्छ। एक रिपोर्ट अनुसार साधारणतया बजारमा प्राप्त हुने बेसारमा करिब २-८% कर्कुमिन हुन्छ। बितेका २० वर्षमा कर्कुमिन सम्बन्धी धेरै अनुसन्धानहरु भए, विशेष गरेर क्यान्सर नियन्त्रण (cancer chemoprevention), हृदय रोग (cardiovascular diseases) अनि बाथ (arthritis) मा। पब-मेड (pubmed) मा मात्रै कर्कुमिन सम्बन्धी करिब ११,०० भन्दा धेरै वैज्ञानिक अनुसन्धानका रिपोर्टहरु प्रकाशित भएको पाइयो। यसले यसको बढ्दो महत्वलाई प्रस्ट परेको छ।

कर्कुमिन एउटा पोलिफेनोल (polyphenol) वर्गको केमिकल हो, जसले क्यान्सरको पूर्व नियन्त्रण वा त्यसको अनियन्त्रित विकास हुनबाट बचाउँछ। धेरै जनावरसँगको अनुसन्धानहरुले यो देखाउँछ कि कर्कुमिन मलासय (colon), पेट (stomach), मुख (oral) र स्तन (mammary) क्यान्सरको विरुद्धमा लड्ने गर्दछ।

कर्कुमिनको फेज (phase) १ क्लिनिकल प्रयोग (clinical trial) गर्दा यो देखिन्छ कि नियमित कर्कुमिन मिसिएको खाना लामो समयसम्म लिएमा colerectal क्यान्सर हुने कम सम्भावना हुन्छ।

कसरी यसले क्यान्सर नियन्त्रण गर्ला भन्ने प्रश्नमा धेरै अनुसन्धानहरु भएका छन्, धेरै तरिकाहरु मध्ये एउटा तरिका चाहीँ क्यान्सर कोषहरुलाई मार्नु नै यस रोगको अनियन्त्रित विकास हुनबाट बचाउनु हो, जुन प्रक्रियालाई वैज्ञानिकहरु अपोप्तोसिस (apoptosis) भन्ने गर्छन्। कर्कुमिनको अर्को महत्वपूर्ण प्रयोग हृदय सम्बधी रोग्लाई नियन्त्रण वा उपचार गर्नमा रहेको छ। कर्कुमिन वा बेसार धेरै प्रभावकारी एन्टी-ओक्सिदान्त (anti-oxidant) हो र यसको नियमित प्रयोगले हाम्रो शरीरमा उत्पादन हुने फ्री र्‍याडिकल (free radicals) जो अत्यन्तै विषालु पनि हुन सक्छन्, तिनीहरुलाई निस्क्रिय पार्दछ। साथ-साथै यसले रगतमा कोलेरेस्त्रोल (cholerestrol) को मात्रालाई बढ्न दिँदैन र उच्च-रक्तचाप अनि हृदय सम्बन्धी रोगलाई नियन्त्रण गर्छ।

कर्कुमिन बाथको (arthritis) अचूक औषधि मानिन्छ। यो शक्तिसाली दुखेको नियन्त्रण (anti-inflammatory) गर्ने पदार्थ हो। यसले घुंडाको दुखाई (joint pain) लाई सुधार गर्छ। यस कार्यमा बेसार वा कर्कुमिन दुखाईसँग सम्बन्धित इन्जायम (enzymes) लाई दबाउने काम गर्दछ भन्ने गहिरो अनुसन्धान गर्नेहरुको राय छ। यसको असर हामीलाई थाहा भएका दुखाई नियन्त्रक औषधी जस्तै इन्दोमेथासिन (indomethacin) को सामर्थसँग तुलना गर्न सकिन्छ। ध्यान दिनु पर्ने कुरा के छ भने एस्तेरोइड (steroid ) वा नन-एस्तेरोइड (non-steroid ) जस्ता महंगा औषधी लाभभन्दा बढी हानिकारक हुन्छन्, यदि लामो समयसम्म लिने हो भने। यसका अतिरिक्त, बेसारको नियमित प्रयोगले बुढ्यौलीमा हुने अल्ज्हेइमेरको रोग (Alzheimer ‘s disease) हुने सम्भावना कम हुन्छ। सायद हामी कहाँ यस रोगबाट पीडित पश्चिमका मुलुकभन्दा कम भएको कारण भोजनमा बेसारको अत्यधिक प्रयोग हुन सक्छ।

बेसार रोग नियन्त्रक (chemopreventive) कि रोग उपचारक (therapeutics)?
यद्यपि क्लिनिकल प्रयोग (Clinical trial) को नतिजाले कर्कुमिनलाई रोग उपचारक (therapeutics) को रुपमा प्रयोग हुने संकेत गरेको छ। तर यो हाम्रो शरीरमा ज्यादै न्यून (१% भन्दा कम, खाएको मात्राको आधारमा) मात्र उपलब्ध हुन्छ र करिब १-२ घण्टाको बीचमा हाम्रो रगतमा प्राप्त भइसक्छ। यसको शरीरबाट तीब्र निकास (rapid elimination) पनि एउटा औषधी बन्नका लागि तगारो मानिन्छ। कर्कुमिन हाम्रो शरीरमा बढी मात्रामा कसरी उपलब्ध गर्न सकिन्छ, यो एउटा अध्यनको विषय भएको छ। यसरी हेर्दा बेसार या कर्कुमिन रोगको उपचार गर्ने औषधिभन्दा पनि यो रोगलाई पूर्व-नियन्त्रण गर्न सहयोगी देखिन्छ। सारमा भन्नुपर्दा यो एउटा मसला मात्र नभई, कैयन रोगसँग लड्ने औषधी पनि हुनसक्छ भनी वैज्ञानिक अनुसन्धानबाट प्रस्ट भैसकेको छ। यसलाई तपाईँ कसरी लिनु हुन्छ, मसलाको रुपमा, सिधै क्याप्सुल (capsul), ट्याब्लेट (tablet) वा पेय-पदार्थसंग, निर्णय तपाईको।

अन्त्यमा, आउनुहोस् आजैबाट शुद्ध बेसार करिब १-२ चम्चा बिहान-बेलुकी दुध वा पानी संग लिऊँ, अनि रोग मुक्त होऊँ।
READ MORE - बेसारअचम्मको मसला

जेठ १४ भित्र संविधान नबने

16 Feb 2011

कावासोती, फागुन ४-
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले जेठ १४ गतेभित्र संविधानसभाले संविधान जारी गर्न नसके ताजा जनादेशका लागि निर्वाचनमा जानुको विकल्प नभएको बताएका छन्। उनले ठूला दलले जेठ १४ गतेभित्र संविधान बनाएर देखाउन राप्रपा नेपालले जिल्ला जिल्लाबाट जनदवाव सृजना गरेको पनि बताए।
राप्रपा नेपाल नवलपरासीले परासीमा गरेको जिल्ला कार्यकर्ता भेलामा बोल्दै उनले नेपालका राजनीतिक दलहरुको गैरजिम्मेवारीका कारण नेपालको नक्शा विश्व मानचित्रबाट हराएर जान सक्ने खतरा रहेको बताए।
राजनीतिक दलको अदूरदर्शिताले राष्ट्रिय एकता र सार्वभौमिकता खतरामा परेको भन्दै उनले प्रजातन्त्र उग्रवामपन्थी धरापमा फसेको धारणा राखे।
पछिल्लो समयमा देशमा हिंसात्मक संस्कृतिको विकास भएकाले नेपालीको चरित्रनै दण्डहीनता बन्न पुगेको अध्यक्ष थापाको भनाइ थियो।
भेलामा बोल्ने राप्रपा नेपालका केन्द्रीय सदस्य विष्णु भट्टराईले देशमा दुई सेना रहेकाले खतरा बढेको बताए।
- रासस
READ MORE - जेठ १४ भित्र संविधान नबने

ट्याक्टर पल्टिदा २ को मृत्यु

फागुन ४
पाल्पाको अर्गली गाविसस्थित कुँडापानीमा बुधवार विहान ट्याक्टर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ। बुटवलबाट गुल्मीको जोहाङतर्फ जाँदै गरेको लु १ त ९९३६ नम्बरको ट्याक्टर अर्गलीको कुडापानीमा दुर्घट्ना भएको थियो।
दुर्घटनामा परी रुपन्देही मणिग्राम ४ का २५ वर्षीय युवराज पाण्डे र मणिग्राम ८ करहियाका ३२ वर्षीय भीमलाल भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घट्नामा परि मणिग्राम ४ का ट्याक्टर चालक ३२ वर्षीय सन्तोष नेपाली र सोही ठाउँकै सहचालक २२ वर्षीय प्रकाश नेपाली घाइते भएका छन्। उनीहरुको पाल्पाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भैरहेको छ।
दुर्घट्नामा परि ज्यान गुमाएका दुवैजनाको बुधवार नै जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टम गरिएको प्रहरीले जनाएको छ। ओरालो बाटो र पानी परेको कारण चिप्लीएकोले ट्याक्टर पल्टिएको प्रहरीको अनुमान छ।
नागरिक)-
READ MORE - ट्याक्टर पल्टिदा २ को मृत्यु

कोरिया को न्युनतम तलब को बारेमा

13 Feb 2011

न्युनतम तलब प्रतेक वर्ष परिबर्तन भई रहेको छ २०१० सालमा न्युनतम तलब प्रति घण्टा ४११० वोन थियो भने २०११ सालमा प्रति घण्टा बढेर ४३२० वोन भएको छ एक दिनको ८ घण्टा को ३४५६० वोन प्रतेक हप्ता ४० घण्टा काम गर्ने कम्पनीमा महिना को ९०२८८० वोन हुन्छा भने हप्ता मा ४४ घण्टा काम गर्ने कम्पनीमा तलब ९७६३२० वोन हुन्छा
येसैगरि २०११ को जून महिना सम्म २० जना भन्दा बादी कामदार भएको कम्पनीमा हप्ताको ४० घण्टा काम गर्नुपर्ने नियम लागु भएको छ र २०११ को जुलाई देखि ५ जना भन्दा बदिकाम्दर भएको कम्पनीमा हप्ताको ४० घण्टा काम गर्नुपर्ने नियम लागु हुने छ
येस्तै दिनमा ८ घण्टा भन्दा बादी काम गरेको खण्डमा ओभर टाईमको पारिश्रमिक ५० प्रतिसत ले भन्दा बादी थप गरेर दिनु पर्छ
कुनै पनि कम्पनीले न्युनतम तलब को सम्झौता बिपरित कार्य गरेमा कानुनी कारबाही अनुसार कम्पनि मालिक ३ वर्ष जेल तथा २ करोड कोरियन वोन जरिमाना तिर्नु पर्छ
READ MORE - कोरिया को न्युनतम तलब को बारेमा

रुपन्देही समितिमा केही नया अनुहार

6 Feb 2011



रुपन्देही सम्पर्क समिति मा केहि नया अनुहार को प्रवेश तथा केहि पुराना सदस्य हरुले बिदा लिनुभएको छ
जस्मा रामु न्यौपाने, अशोक कार्की, दुर्गा न्यौपाने, दिपक गिरि, रुप गुरुङ ,इश्वरी न्यौपाने जस्ता संस्थापक हरुले बिदा लिएर नया सदस्य हरुलाई समिति को अभिभारा सुम्पिनु भएको छ सुरेन्द्र बराल कै सभापत्तो मा दोस्रो कार्य समिति गत ५ तारिक क दिन सदेमुन मा समितिको तेस्रो साधारण भेलामा आपसी समझ दारी बाटै चयन भएको छ जस्मा सल्लाहकार राजु छेत्रीज्यु प्रमुख अतिथि हुनुहुन्थ्यो
READ MORE - रुपन्देही समितिमा केही नया अनुहार

सामग्रीविनै प्रहरी सुडान मैदानमा

6 Jan 2011

पुस २१, काठमाडौं (अस)। सुडानमा रहेका नेपाल प्रहरी मिसनले आवश्यक सामग्रीविना नै ९ तारिखमा त्यहाँ हुने जनमत सङ्ग्रहमा भाग लिने भएको छ । बुधवार साँझ आवश्यक सामग्री पठाउन भनी मन्त्रिपरिषद्को बैठक बसेको थियो । तर, नेपाल सरकारले जनवरी ६ तारिखमै सामान खरिद प्रक्रियाअनुरुप नै गरेको भए पनि ८ तारिखमा सुडानमा रहेका प्रहरीको हातमा पर्न सक्ने थिएन । नेपाल प्रहरीका प्रवक्ता नवराज ढकालका अनुसार मिसनले सुडानमा हुने जनमत सङ्ग्रहको सुरक्षा कार्यमा सहभागी हुनेछ । 'जनमत संग्रहमा भाग लिन नदिने भनेर संयुक्त राष्ट्रसंघले प्रहरीलाई आधिकारिक रुपमा भनेको छैन,' उनले भने, 'त्यसैले जनमत संग्रहमा भाग लिन दिँदैन कि भनेर डराउनु पर्ने अवस्था छैन ।’

सुडानमा रहेका प्रहरीका लागि आवश्यक सामग्री कसरी छिटो पठाउने भन्ने विषयमा पनि छलफल भइरहेको ढकालले बताए । 'सामान यतैबाट पठाउने या त्यतै व्यवस्था गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ उनले भने, 'जसरी भए पनि आवश्यक सामग्रीको व्यवस्था हुन्छ ।’ गृह मन्त्रालयका प्रवक्ता जयमुकुन्द खनालले भने यस विषयमा कुरा नै गर्न नमिल्ने बताए । उनले भने,'मन्त्रिपरिषद्ले हेरिरहेको कुरा हो । हामीले यस विषयमा कुरा गर्न मिल्दैन ।’

आवश्यक सामग्रीविना प्रहरीले जनमत संग्रहमा भाग लिएमा ठूलो भौतिक क्षतिको सम्भावना रहेको सम्बद्ध स्रोत बताउँछ । 'यसले नेपालको छवि अन्तरराष्ट्रियरुपमा नै बिग्रने सम्भावना छ,' स्रोतले भन्यो, 'सामान किन्न र मिसनमा रहेका प्रहरीसम्म पुग्न पनि केही दिन लाग्छ ।'

सुडानमा रहेको मिसनलाई आवश्यक सामग्री साथमा नभएको भनी जनमत सङ्ग्रहमा भागलिन नदिएको खण्डमा पनि मुलुकको बदनाम हुने र बिनासामग्री भाग लिएमा भौतिक क्षति अधिक हुने अवस्था छ । उता सुडानमा सामग्री पठाउन पनि नसक्ने र प्रहरीलाई फिर्ता बोलाउन पनि नसक्ने अबस्थामा बुधवार गृहमन्त्री भीम रावलले सुडान घोटाला प्रक्रियाका दोषीलाई कारबाही गर्न माग गर्दै प्रेस विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा सुडानमा रहेका प्रहरीका लागि आवश्यक सामग्री पठाउन अर्थ मन्त्रालयलाई पटकपटक पत्र पठाएको र मन्त्रिपरिषद्को बैठकमा प्रस्तावसमेत पठाएको उल्लेख छ ।

राज्य व्यवस्था समितिको बैठकले सुडानमा रहेका नेपाल प्रहरी फर्काउन सक्ने अबस्था आएको भन्दै आवश्यक सामग्री पठाउन अघिल्लो हप्ता मङ्गलवार दश दिनको म्याद दिएको थियो । यस विषयमा निर्णय गर्नका लागि गृहमन्त्रीसहित मन्त्रालयका उच्च अधिकारीहरु पटकपटक बैठक बसेको भए पनि निष्कर्षमा पुग्न सकेका थिएनन् । सुडानमा यही जनवरी ९ तारिखमा हुने जनमत संग्रहमा आवश्यक सामग्री नभएका कारण त्यहाँ रहेको नेपाल प्रहरीलाई सहभागी नगराउने राष्ट्र सङ्घले गोप्य पत्रमार्फत जानकारी दिएको स्रोतले बतायो ।

प्रहरीलाई आवश्यक सामग्री ९ तारिखअघि नै पठाउनु पर्ने भन्दै राज्य व्यवस्था समितिले १० दिनभित्र खरिद प्रक्रिया थाल्नका लागि आदेश दिएको समितिका सभापति रामनाथ ढकालले बताए । 'आवश्यक सामान नभएकै कारण नेपाली प्रहरी काम नलाग्ने घोषणा भएर फर्किएको खण्डमा कठोर कदम चाल्न समिति बाध्य हुनेछ भनेर चेतावनी दिएका थियौं,’ उनले भने ।

सामान खरिद प्रक्रियाको विषयमा विवाद हुने भएपछि सोमवार बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीले आफू व्यस्त भएको भन्दै स्थगित गरेका थिए । मङ्गलवार विहान बसेको मन्त्रिपरिषद्को बैठकमा खरिद प्रक्रियाको विषयमा मन्त्रीहरुबीच चर्को विवाद भएपछि मङ्गलवार साँझ बैठक पुनः बस्ने गरी स्थगित भएको थियो । मङ्गलवारको बैठकमा अधिकांश मन्त्रीहरुले भ्रष्टाचार प्रकरणमा रहेकालाई पहिला कारबाही गर्नु पर्ने र त्यसपछिमात्र सामग्री खरिद प्रक्रिया अपनाउनु पर्ने अडान लिएपछि बैठक विनानिष्कर्ष टुंगिएको शान्तिमन्त्री रकम चेमजोङले बताए ।
READ MORE - सामग्रीविनै प्रहरी सुडान मैदानमा