कोरियाले १५ हजार लैजाने

18 Aug 2011

काठमाडौ, श्रावण ३२ -
दुई साताअघि मात्रै वाषिर्क १० हजारलाई रोजगारको अवसर दिने जनाएको कोरिया सरकारले फेरि अर्को निर्णय गर्दैर् १५ हजार नेपाली युवालाई आपनो देशमा अवसर दिने भएको छ । नयाँ व्यवस्थाअनुसार २०१२ मा हालभन्दा दोब्बर युवाले कोरियामा रोजगारीको अवसर पाउने छन् । कोरियाले भाषा परीक्षा लिँदा ७ हजार १ सय कामदार लैजाने बताएको थियो ।

कोरिया सरकारले मुख्यतः नेपालीको इमान्दारी र काम गर्ने क्ष्ामताका कारण रोजगार अनुमति प्रणाली -इपिएस) अन्तर्गत कोरिया लैजाने नेपाली कामदारको कोटा बढाएको श्रम मन्त्रालयलाई जानकारी गराएको हो ।

'साउनमा लिएको भाषा परीक्षाबाट १५ हजारलाई छनोट गरी लैजाने भएको छ,' श्रम मन्त्रालयका सहप्रवक्ता कृष्णहरिपुष्कर कर्णले भने, 'श्रम मन्त्रालयको सक्रियताको कारण नेपाली युवाका लागि आकर्षक गन्तव्य बनेको कोरियाले पुनः कोटा बढाएको हो ।'

कोरियाले नेपालको श्रम स्वीकृतिको व्यवस्था पनि राम्रो भएको बताएको छ । यस्तै अहिले कोरियामा काम गरिरहेका नेपालीबाट रोजगारदाता कम्पनी खुसी भएको र नेपालीको काम राम्रो भएकाले पनि कोटा वृद्धि गरिएको जनाएको छ । साउन ६ र ७ गते लिएको भाषा परीक्षामा उसले कामदार लैजाने अन्य मुलुकको तुलनामा राम्रो र पारदर्शी भएकाले पनि कोटा बढाएको जानकारी नेपाल सरकारलाई गराएको छ । यस्तै श्रम मन्त्रालयका अधिकारी र एचआरडी कोरियाका प्रतिनिधिबीचको सम्बन्ध नजिक भएकाले पनि कोटा वृद्धिमा सहयोग पुगेको कर्णले बताए ।

यसरी कोरियाले नेपालीका लागि कोटा वृद्धि गरेपछि साउनमा भाषा परीक्षामा सामेल भएकाले थप अवसर पाउने भएका छन् । त्यसबेला भाषा परीक्षा दिएका ५० हजारबाट सबैभन्दा बढी अंक ल्याएर पास भएका युवा कोरिया जान पाउनेछन् । तर ४० प्रतिशतभन्दा कम अंक ल्याउने भने १५ हजार नपुगे पनि पास भएकालाई मात्र सहभागी गराइने कर्णले बताए ।

'धेरै युवाहरूको चाहना र कमाइ पनि आकर्षक भएकाले हामीले सुरुदेखि नै कोटा बढाउने कामलाई प्राथमिकता दिँदै आएका छौं,' उनले भने, 'यसमा मन्त्रालय सफल भएको छ ।'

सन् २००८ मा इपिएसअन्तर्गत कोरियाले नेपाली कामदार लैजाने सम्झौता गरेपछि लगातार नेपाली कामदारको माग बढिरहेको छ । अघिल्लो वर्ष कोरियाले कामदार लैजाने १५ मुलुकमध्ये सबैभन्दा बढी नेपालबाट गएका थिए । गत वर्ष ५ हजार लैजाने गरी रोस्टर तयार गरी कामदार लगिरहेको छ । लगातार बढेको मागको कारण कोरियाले अझै बढी कामदार लैजाने भएको हो ।

भाषा परीक्षाको नतिजा भदौ ६ गते निकाल्ने कोरियाको तयारी छ । भाषा परीक्षा पास भएका व्यक्तिले स्वास्थ्य परीक्षा, प्रहरी प्रतिवेदन तयार गर्नुपर्ने छ । त्यसपछि उनीहरूले नेपालमा रहेको इपिएस शाखामा फारम भरेपछि उनीहरूका नामको रोस्टर तयार हुन्छ । त्यही रोस्टरलाई कोरियाले आपनो देशका रोजगारदाता कम्पनीमा पठाउँछ । त्यसबाट कम्पनीहरूले छनोट गरी नेपाली कामदार

लैजाने गर्छन् ।
बुटवल परिवार

2 comments:

seosky said...

beroja gar badi chha k garne ta


tour in nepal

Anonymous said...

I ADAMS KEVIN, a representative Aiico Insurance plc, we trust and respect for individual differences in day out a loan. We will provide 2% of the loan's interest rate. If you are interested in this business contact us by e-mail: (adams.credi@gmail.com) now transfer their loan documents issued properly. Do you need a loan to set up business or school if you are very welcome to Aiico Insurance plc. You can also contact us by e-mail: (adams.credi@gmail.com). We first week can request a balance transfer.

DO YOU NEED LOAN FOR PERSONAL BUSINESS? IF YOU CONTACT YOUR EMAIL ABOVE TO PROCEED WITH YOUR LOAN TRANSFER IMMEDIATELY OK.

Post a Comment